×
Lagani
Lagani Shiksha gif
विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुन मुद्राको कतिमा हुँदैछ काराेबार ?



काठमाडौ, चैत्र ०४ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा कायम गरिएको छ ।  आज यूरोपियन युरो एकको खरिदमूल्य १५१ रूपैयाँ १३ पैसा र बिक्रीमूल्य १५२ रूपैयाँ ७८ पैसा तोकिएको छ ।   

Lagani Shiksha gif
sharehubapk विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुन मुद्राको कतिमा हुँदैछ काराेबार ?

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७९ रूपैयाँ ६५ पैसा र बिक्रीदर १८० रूपैयाँ ४२ कायम गरिएको छ । 

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८८ रूपैयाँ २१ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ६६ पैसा र बिक्रीमा ९७ रूपैयाँ ०८ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ३५ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ३९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ १९ पैसा तथा बिक्री दर १९ रूपैयाँ २७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५७ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६१ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ ११ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ २७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १३ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३८ रूपैयाँ २० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३१ रूपैयाँ २४ पैसा र बिक्रीदर ३१ रूपैयाँ ३७ पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ८७ पैसा र बिक्रीदर ४५२ रूपैयाँ ८२ पैसा र बहराइन दिनार एकको खरिददर ३६८ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३७० रूपैयाँ ०७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस