×
Lagani
Lagani Shiksha gif
ओलीको ३०१ केन्द्रीय समिति सूचीमा अटाएनन् दुर्गा प्रसाईं, युवालाई प्राथमिकता



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशनको नयाँ केन्द्रीय समिति सर्वसम्मत बनाउन नामावली प्रस्तुत गरेका छन् ।

सौराहमा जारी बन्दसत्रमा ओलीले अबेर राति ३०१ जना केन्द्रीय सदस्यको नामावली प्रस्तुत गरेका हुन् ।

Lagani Shiksha gif
sharehubapk ओलीको ३०१ केन्द्रीय समिति सूचीमा अटाएनन् दुर्गा प्रसाईं, युवालाई प्राथमिकता

प्रस्तुत नामावलीमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली,  पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, भीमप्रसाद आचार्य, योगेश भट्टराई, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा बादल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, किरङ गुरुङ, रघुवीर महासेठ, टोपबहादुर रायमाझी,  लेखराज भट्ट, मणी थापा, रघुजी पन्त, खजराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, कर्ण थापा, काशीनाथ अधिकारी, गुरु बराल, देवराज घिमिरे, कृष्णभक्त पोखरेल, लालबाबु पण्डित, अग्नि खरेल, गोकुल बास्कोट, महेश बस्नेत, देवी ज्ञवाली, राजन भट्टराई, खिमलाल भट्टराई, ठाकुर गैरे, सूर्य थापा रहेका छन् ।

त्यसैगरी गणेश ठगुन्ना, झपट रावल, राजीव पहारी, नरबहादुर धामी र सञ्जीव झा पनि परेका छन् ।

ओलीलाई हजुरबुवा भनेर सम्बोधन गर्ने मेडिकल व्यापारी दुर्गा प्रसाई भने अध्यक्ष ओलीको ३०१ जनाको सूचीमा अटाएनन् । प्रसाईले आफू केन्द्रीय सदस्यको दाबेदार रहेको र हजुरबाको आशिर्वाद चाहियो भन्दै ओलीलाई भेटेरै अनुरोध गरेका थिए ।

आफूले सबैपक्ष विचार गरेर, प्रस्तुत गरेर नाम लिस्ट तयार पारेको भन्दै नामावलीमा छुटेका पुराना साथीलाई सल्लाहकारमा समेटिने अध्यक्ष ओलीले प्रतिबद्धता जनाएका थिए ।

बन्दसत्रमा ओलीले अन्तिममा आफ्नो नाम पढे । नाम पढ्नु अघि जिस्कँदै भने ३०१ जनामा म पनि पर्छु नि ?  अनि ३०१ जानाको नाम पढेपछि तोकिएको समयमा मनोनयन गर्न सबैलाई आग्रह गरे । ‘३०१ जनामा नपर्नेले नि ईच्छुक हुनेहरुले मनोनयन गर्न सक्छन्,’ उनले भने ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस