×
Lagani
Lagani Shiksha gif
नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो



नेसनल माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरको छ ।

माइक्रोफाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा १८० दशमलव ४६ प्रतिशतले बढेर ११ करोड ४५ लाख ९५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले चार करोड आठ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

Lagani Shiksha gif
sharehubapk नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १८४ दशमलव ३० प्रतिशतले बढेर २४ करोड ६५ लाख १६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यसले आठ करोड ६७ लाख नौ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकाे थियो । सञ्चालन नाफा १८० दशमलव ४६ प्रतिशतले बढेर १८ करोड १८ लाख ९७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ४८ लाख ५७ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

असोज मसान्तसम्ममा खराब कर्जा शून्य दशमलव ६४ प्रतिशतले बढेर दुई दशमलव ९२ पुगेको छ । अघिल्लो वर्षको खराब कर्जा दुई दशमलव २८ प्रतिशत थियो । तीन महिनामा कम्पनीको प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ४५ पैसाले बढेर १०६ रुपैयाँ १८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ दुई सय ६० रुपैयाँ ९४ पैसा रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस