×
Lagani
Lagani Shiksha gif
निफ्राको खुद नाफा ३४.३७ प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी भने घट्यो



नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा २४ करोड २० लाख २७ हजार रुपैयाँ खुद नाफा भएकाे छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.३७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १८ करोड १ लाख २२ हजार रुपैयाँ खुद नाफा  गरेको थियो।

Lagani Shiksha gif
sharehubapk निफ्राको खुद नाफा ३४.३७ प्रतिशतले बढ्दा प्रतिसेयर आम्दानी भने घट्यो

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४५.७८ प्रतिशतले बढेर ४१ करोड ३४ लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले २८ करोड ३५ लाख ८५ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । बैंकको सञ्चालन नाफा ३४.२० प्रतिशतले बढेर ३४ करोड ५७ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको साेही अवधिमा बैंकले २५ करोड ७६ लाख ४२ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो ।  समीक्षा अवधिमा बैंकको चुक्ता पूँजीमा ६६.६७ प्रतिशत बढेको छ भने निक्षेप संकलन १९.२६ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको जगेडा कोष ४५.६९ प्रतिशत बढेको छ ।

नाफा कमाए पनि बैंकको प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँबाट १ एक रुपैयाँ १६ पैसा घटेर ४ रुपैयाँ ८४ पैसामा कायम भएकाे छ । बैंकको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ २२ पैसा छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस