×
Lagani
Lagani Shiksha gif
भर्खरै आईपियो निष्कासन गरेको सुपर मादी हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा।



सुपर मादी हाइड्रोपावरको बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ ।

कास्कीको मादी गाउँपालिकामा निर्माण भएको  सुपर मादी हाइड्रोपावरबाट उत्पादित १५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा शनिवारदेखि नियमित जडान भएको हो । बिहीवारदेखि परीक्षण उत्पादन गरेको सुपरमादीको वर्षायाममा ४४ मेगावाट क्षमता रहेको छ भने पीपीए अनुसार चैतमा १३ मेगावाट क्षमता भए पनि १५ मेगावाट उत्पादन गरेको हाइड्रोपावरका संचालकले जानकारी दिए।

Lagani Shiksha gif
sharehubapk भर्खरै आईपियो निष्कासन गरेको सुपर मादी हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा।

आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको लेखनाथ सबस्टेसनमा जोडिएको छ । मादी किनारको कलबन्दीबाट सुरु हुने सुपर मादीको ६ किलोमिटर सुरुङ मार्ग छ भने कमजोर भाैगोलिक अवस्थाका कारण करिब ८ सय मिटर पेनस्टक पाइप सुरुङभित्र जडान गरिएको छ  ।

आयोजनाबाट वार्षिक २४२ दशमलव ६५ गिगावाट घण्टा बिजुली उत्पादन हुनेछ । ७ अर्ब ६५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा कोरोना, युक्रेन युद्धका कारण  १ अर्ब रुपैयाँभन्दा बढी लागत बढेको थियो। यसमा सानिमा बैंकको अगुवाइमा कुमारी बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य, एनआईडीसीएल र प्रभु बैंक लगायतकाे लगानी रहेको छ  भने लगानीकर्ताले २ अर्ब १० करोड रुपैयाँ लगानी गरेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस