×
Lagani
Lagani Shiksha gif
भारतीय क्रिकेटर ऋषभ पन्त सडक दुर्घटनामा गम्भीर घाइते



भारतीय क्रिकेटर ऋषभ पन्त शुक्रबार बिहान दुर्घटनामा परेका छन् ।

दुर्घटना यति भीषण थियो कि डिभाइडरमा ठोक्किएर क्रिकेटरको मर्सिडिज कार पूरै जलेर खरानी भएको थियो । चिकित्सकका अनुसार पन्तको खुट्टामा गम्भिर चोट लागेको छ ।

Lagani Shiksha gif
sharehubapk भारतीय क्रिकेटर ऋषभ पन्त सडक दुर्घटनामा गम्भीर घाइते

जानकारी अनुसार नयाँदिल्लीबाट उत्तराखण्डको रुर्की जाँदै गरेको ऋषभ पन्तको मर्सिडिज कार आज बिहान ५ः१५ बजे नरसान नाकामा रेलिङसँग ठोक्किएको हो । दुर्घटनापछि कारमा आगो लागेको थियो । सौभाग्यवश, यात्रुहरूले स्क्रिन तोडेर पन्तलाई कारबाट बाहिर निकाले। त्यतिबेला उनी कारमा एक्लै थिए ।

घाइते क्रिकेटरलाई तुरुन्तै रुड़कीको सक्षम अस्पतालमा लगिएको थियो। उत्तराखण्डका डीजीपी अशोक कुमारले क्रिकेटरको शरीरमा खासै चोट नभएको तर एउटा खुट्टा भाँचिएको सम्भावना रहेको बताए । उनलाई अहिले देहरादुनको म्याक्स अस्पतालमा थप उपचारका लागि लगिएको छ ।

ऋषभ पन्तले बिहान कार चलाउँदा निदाएका थिए र केही सेकेन्डमै कार अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएर दुर्घटना भएको बताए ।दुर्घटनामा घाइते भएका क्रिकेटर ऋषभ पन्तको बारेमा उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले अधिकारीसँग जानकारी लिएका छन् । साथै उनीहरुको उपचारका लागि सम्भावित सबै व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

ऋषभ पन्तको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मुख्यमन्त्री धामीले उनको उपचारको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने बताए । एयर एम्बुलेन्स आवश्यक परेमा त्यसको पनि व्यवस्था गर्नुपर्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस