×
Lagani
Lagani Shiksha gif
आईपीएल इतिहासकै सबैभन्दा महँगो खेलाडी बने सैम करन , कसले कतिमा खरिद गर्यो ?



T20 विश्व कप 2022 को नायक  इङ्लिस अलराउन्डर सैम करन IPL 2023 को मिनी लिलामीमा सबैभन्दा महँगो खेलाडी बनेका छन ।

सैम करनलाई पञ्जाब किंग्सले १८.५ करोड भारुमा किनेको छ । यसअघि लिलामीमा क्रिस मोरिस (१६.२५ करोड) सबैभन्दा महँगो बिकेका थिए । मुम्बई इन्डियन्सले साम करणलाई किन्न बोली लगायो। उनीहरुको आरसीबीसँग टक्कर भयो । ६.५ करोडको बोली लागेपछि आरसीबीले आफ्नो नाम फिर्ता लिएको थियो । यसपछि राजस्थान र मुम्बईबीच टक्कर भएको थियो । बोली ११ करोड नाघेपछि मुम्बईले पनि हात तान्यो । यसबीचमा पञ्जाब किंग्स आयो र अन्त्यमा सबैलाई पछि पार्दै बोलि जित्यो ।

Lagani Shiksha gif
sharehubapk आईपीएल इतिहासकै सबैभन्दा महँगो खेलाडी बने सैम करन , कसले कतिमा खरिद गर्यो ?

करणका लागि सबै फ्रेन्चाइजीबीच कडा प्रतिस्पर्धा थियो । यसको पछाडिको कारण उनको पछिल्लो रूप हो । उनी सन् २०२२ को टी–२० विश्वकपको प्लेयर अफ द टुर्नामेन्ट बनेका थिए । बायाँ हाते फास्ट बलिङ अलराउन्डर करण ओपन गर्न सक्ने थोरै खेलाडी मध्ये एक हुन्। यति मात्र होइन, उनी मिडल अर्डर पावर हिटर हुन् ।

२४ वर्षीय साम करणले सन् २०१९ मा पञ्जाब किंग्सबाट आईपीएलमा डेब्यु गरेका थिए। टोलीले उनलाई ७.२ करोडमा किनेको थियो । उनले त्यो सिजन ह्याट्रिक पनि गरे तर टिमले रिलिज गर्यो । 2020 को लिलामीमा, करणलाई चेन्नई सुपर किंग्सले 5.5 करोडमा किनेको थियो। दुई वर्ष चेन्नईमा रहेपछि करणले चोटका कारण गत वर्ष भएको लिलामीमा भाग लिएका थिएनन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस