×
Lagani
Lagani Shiksha gif
ग्लोबल आईएमई बैंकको खुद नाफामा पाँच दशमलव ०४ प्रतिशतको वृद्धि



ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण सार्बजनिक गरेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्म आइपुग्दा ग्लोबल आईएमई बैंकको नाफामा सामान्य वृद्धि भएको छ ।  बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा बैंकले खुद नाफा पाँच दशमलव ०४ प्रतिशतले बढेर एक अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ पुगेको छ ।

Lagani Shiksha gif
sharehubapk ग्लोबल आईएमई बैंकको खुद नाफामा पाँच दशमलव ०४ प्रतिशतको वृद्धि

अघिल्लो वर्षको यसै अवधिमा यसले एक अर्ब पाँच करोड ८८ लाख ४० हजार रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने नौ दशमलव ८२ प्रतिशतले घटेर दुई अर्ब ३३ करोड ८९ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसले दुई अर्ब ५९ करोड ३६ लाख नाै हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै, तीन महिनामा बैंकको सञ्चालन नाफा पाँच दशमलव ४५ प्रतिशतले बढेर एक अर्ब ५५ करोड ५६ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, असोज मसान्तसम्मको अवधिमा बैंकको वितरण योग्य नाफामा भने आकर्षक वृद्धि भएको छ । गत आर्थिक वर्ष २२ करोड ६१ लाख ६१ हजार रुपैयाँ रहेको वितरण योग्य नाफा यो वर्ष तीन अर्ब ३५ करोड ८० लाख ११ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ५७ पैसा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस