×
Lagani
Lagani Shiksha gif
आईपीओ निष्कासन गर्दै सनिगाड हाइड्रो , बिक्री प्रवन्धकमा सनराइज क्यापिटल।



सनिगाड हाइड्रो लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

उसले सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ । बझाङमा आयोजना क्षेत्र रहेको सनिगाड हाइड्रोले सर्वसाधारणहरुका लागि ६७ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । उक्त सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिक तथा सर्वसाधारणसमेतका लागि हो ।

सनिगाड हाइड्रो कम्पनीका अध्यक्ष राजेशकुमार श्रेष्ठ तथा सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठबीच साधारण सेयर निष्कासन गरिने सम्झौता गरिएको छ । दुई करोड २५ लाख रुपैयाँ रहेको सनिगाड हाइड्रोको विद्युत उत्पादनको क्षमता ३८.४६ मेगावाट रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस