×
Lagani
Lagani Shiksha gif
पोर्चुगललाई हराउदै मोरक्को पहिलो पटक पुग्यो सेमिफाइनल



फिफा विश्वकपको तेस्रो क्वाटरफाइनल खेलमा मोरक्कोले पोर्चुगललाई १–० ले हराएको छ ।

यो जितसँगै मोरक्को टोली सेमिफाइनलमा प्रवेश गरेको छ । मोरक्कोको टोली पहिलो पटक फिफा विश्वकपको सेमिफाइनलमा पुगेको छ ।मोरक्को टोलीले इतिहास रच्यो। यो टोली सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ ।

यसअघि कुनै पनि अफ्रिकी राष्ट्र फिफा विश्वकपको सेमिफाइनलमा पुग्न सकेको थिएन । अल थुमामा रंगशालामा भएको खेलमा मोरक्कोले पोर्चुगललाई १–० ले हराएको हो । यो हारसँगै पोर्चुगल र क्रिस्टियानो रोनाल्डोको अभियान यहाँ समाप्त भएको छ । खेलपछि रोनाल्डो रुँदै स्टेडियमबाट बाहिरिएका थिए ।

मोरक्कोअघि तीन अफ्रिकी टोली क्वार्टरफाइनलमा पुगेका थिए तर तीनै टोलीले हार बेहोरेको थियो । सन् १९९० मा क्यामरुन, २००२ मा सेनेगल र २०१० मा घाना क्वार्टरफाइनलमा पराजित भएका थिए ।

योसँगै पोर्चुगलको टोली पहिलो पटक फिफा विश्वकपको क्वार्टरफाइनलमा पराजित भएको छ । टोली यसअघि दुई पटक सेमिफाइनलमा पुगेको थियो । 1966 मा, DPR कोरिया क्वार्टर फाइनलमा पोर्चुगलसँग 5-3 र 2006 मा इङ्गल्याण्डले पेनाल्टी सुटआउटमा 3-1 ले हराएको थियो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस