×
Lagani
Lagani Shiksha gif
एक्सेल डेभलपमेन्ट बैंकको शेयरमा आवेदन दिने समय थपियो



एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले २५ असोजदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने म्याद थप भएको छ ।

बैंकको हकप्रद सेयरमा लगानीकर्ताले अब २९ कात्तिकसम्म आवेदन दिन सक्ने भएका छन्। उक्त हकप्रद सेयरमा लगानीकर्ताले १४ कात्तिकसम्म आवेदन दिन पाउने व्यवस्था थियो । बैंकले हाल कायम १० कित्ता सेयर बराबर नयाँ तीन कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो । यसअनुसार बैंकले एक सय रुपैयाँ अंकित दरका २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता हकप्रद जारी गरेको हो।

Lagani Shiksha gif

हकप्रद निष्कासनका लागि बैंकले असोज १ गतेदेखि सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस बैंकका सेयरधनीहरूले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

हकप्रदमा एनआईबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो सेयर सफ्टवेयरबाट आवेदन दिन सक्नेछन् ।

बैंकको हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईआर त्रिपल बी माइनस रेटिङ’ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस