×
कृषि विकास बैंकको खुद नाफा साढे ४८ करोड



कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रौमास अर्थात् तीन महिनासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा पाँच दशमलव १८ प्रतिशतले मात्र वृद्धि भएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ४६ करोड १४ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

विवरणअनुसार बैंकले नाफा वृद्धि गर्न नसक्दा प्रतिसेयर आम्दानी भने घटेको छ । गत आर्थिक वर्षमा १५ रुपैयाँ ९० पैसा रहेको प्रतिसेयर आम्दानी रहेकोमा अहिले अहिले १४ रुपैयाँ ७० पैसा रहेको छ ।

खुद ब्याज आम्दानी २७ दशमलव ३० प्रतिशतले बढेर एक अर्ब ७३ करोड २१ लाख ७३ हजार रुपैयाँ पुगेको छ । सार्वजनिक भएको विवरणअनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले एक खर्ब ५३ अर्ब २२ करोड ०५ लाख रुपैयाँ निक्षेप संकलन तथा एक खर्ब ६५ अर्ब ०५ करोड ६७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा दुई करोड ४५ लाख ३२ हजार रुपैयाँ छ । यसबाट बैंकले वार्षिक शून्य दशमलव ६० प्रतिशत मात्र लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ ।

त्यस्तै, समीक्षा अवधिमा चुक्ता पुँजी १६ अर्ब ४२ करोड २६ लाख ४१ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ८३ करोड ६२ र सेयरधनी कोषमा तीन अर्ब ६५ करोड ३२ लाख रुपैयाँ सञ्चित रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस