×
Lagani
Lagani Shiksha gif
लघुवित्तलाई आधार दरअनुसार कर्जा निर्धारण गर्न दिने राष्ट्र बैंकको तयारी



लघुवित्त वित्तीय संस्थाहरूलाई आधार दरअनुसार कर्जा निर्धारण गर्न दिने नेपाल राष्ट्र बैंकले तयारी गरेको छ ।

उनीहरूलाई वाणिज्य बैंकसरह आधार दरअनुसार ब्याजदर निर्धारण गराउन खोजिएको राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले जानकारी दिए ।

Lagani Shiksha gif
sharehubapk लघुवित्तलाई आधार दरअनुसार कर्जा निर्धारण गर्न दिने राष्ट्र बैंकको तयारी

आइतबार प्रकाशित मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले उनीहरूलाई माघदेखि आधार दर सार्वजनिक गर्नुपर्ने बाध्यकारी व्यवस्था समेत लागू गरेको छ । माघदेखि लघुवित्तहरूले आधार दर सार्वजनिक गर्न सकेमा अर्धवार्षिक समीक्षामार्फत बैंकहरूसरह कर्जा निर्धारण गर्न दिने श्रेष्ठले बताए । उनले भने, ‘लघुवित्तहरूलाई अहिले आधार दर सार्वजनिक गर्न भनेका छौं । उनीहरूले यो निकाल्न सके भने अर्धवार्षिक समीक्षामार्फत उनीहरूलाई आधार दर अनुसार कर्जा निर्धारण गर्न दिनेछौं ।’

अहिले राष्ट्र बैंकले लघुवित्तहरूलाई १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने सीमा लगाएको छ । वाणिज्य बैंकहरूले पछिल्लो समय धमाधम कर्जाको ब्याजदर बढाउन थालेपछि लघुवित्त बैंकरहरूले आफूहरू मारमा परेको गुनासो गरिरहेका थिए।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस