×
एमालेको घोषणा : घरमै बसी अनलाइनबाट लाइसेन्स , नागरिकता र राष्ट्रिय परिचयपत्र



एमालेले चुनावी घोषणापत्र सार्वजनिक भएको छ ।

मंगलबार एमाले अध्यक्ष केपी ओलीले होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा घोषणापत्रलाई डिजिटल रूपमा सार्वजनिक गरेका हुन् । घोषणा पत्रमा रहेका २० ग्यारेन्टी मध्य सरकारी सेवाहरु अनलाइनबाट प्रवाह गर्ने पनि रहेको छ ।

घोषणा पत्रमा  ‘नेपालभित्रको जनसुकै भौगोलिक क्षेत्रमा बसोवास गर्ने नेपालीलाई राज्यले उपलब्ध गराउने नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारीसाधन दर्ता र सवारीचालक अनमुतिपत्र, घरजग्गा लगायतका सम्पत्तिको खरिद बिक्री कर, विद्युत, खानेपानीलगायतका सरकारी शलु्क तथा कर बझुाउनेर स्वास्थ्य तथा कृषि प्राविधिक लगायतका सेवाहरू अनलाईन प्रणालीबाट उपलब्ध गराइने छ ।’ लेखिएको छ।

त्यस्तै उक्त घोषणापत्रमा प्रारम्भमा आर्थिक वृद्धिदर सात प्रतिशत पुर्‍याउने र आगामी पाँच वर्षभित्रमा दुई अंकमा पुर्‍याउने दाबी गरिएको छ ।

‘प्रारम्भमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै आगामी ५ वर्षभित्र आर्थिक वृद्धिदर उच्च बनाउँदै यसलाई दुई अंकमा पु¥याउनेछ । नेपाली अर्थतन्त्रलाई विश्वकै उदीयममान अर्थतन्त्र बनाइनेछ,’ घोषणपत्रमा उल्लेख छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस