×
Lagani
Lagani Shiksha gif
धौलागिरी लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत , ओपनिङ्ग रेञ्ज कति ?



धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओ बिहीवार नेप्सेमा सूचीकृत भएको छ ।

आज कम्पनीको १० लाख ३१ हजार कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत भएको हो । यो शेयर आइतवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।

कम्पनीको शेयरको पहिलो कारोबारको लागि नेप्सेले रू. १४८ दशमलव ६६ देखि ४४५ दशमलव ९८ ओपन रेञ्ज तोकेको छ । सोहि ओपनिङ्ग रेञ्ज भित्र रहेरआइतवार कम्पनीको शेयर कारोबार सुरु हुने छ।  कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ३ लाख ३१ हजार कित्ता र संस्थापकहरूले लगानी गरेको ७ लाख कित्ता गरेर कुल १० लाख ३१ हजार कित्ता साधारण शेयर सूचीकृत गराएको छ ।

सूचीकृत पश्चात दिनुपर्ने आरटीएस सेवा सनराइज क्यापिटल कमलपोखरीबाट हुने कम्पनीले नेप्सेमार्फत जानकारी दिएको छ । कम्पनीको स्टक सिम्बोल डीएलबीएस रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस