×
Lagani
Lagani Shiksha gif
गणपति लघुवित्तको लाभांश घोषणा , नगद र बोनस कति ?



गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

Lagani Shiksha gif
sharehubapk गणपति लघुवित्तको लाभांश घोषणा , नगद र बोनस कति ?

उक्त प्रस्तावित बोनस सेयर तथा नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले प्राप्त गर्न सक्नेछन् ।

गणपतिको हाल कायम चुक्ता पुँजी १२ करोड ७३ लाख ५६ हजार ७५० रुपैयाँ छ । १९ प्रतिशतका दरले दुई करोड ४१ लाख ९७ हजार ७८२ रुपैयाँ ५० पैसा बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार ५३२ रुपैयाँ ५० पैसा पुग्नेछ । अघिल्लो वर्ष गणपतिले १५ प्रतिशत बोनस सेयर कर तिर्न शून्य दशमलव ७९ प्रतिशत वितरण गरेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस