×
प्रकाशमानको प्रतिवद्धतापत्र– निशुल्क वाइफाई देखि फ्लाइओभर/अण्डरपाससम्म



काठमाडौं निर्वाचन क्षेत्र नं.१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।

प्रतिवद्धतापत्रमा सिंहले आफ्नो निर्वाचन क्षेत्रमा निशुल्क वाइफाई जोनदेखि फ्लाईओभर र अण्डरपासम्म निर्माण गर्ने उल्लेख गरेका छन् ।  ‘निर्वाचन क्षेत्रबासीलाई डिजिटल प्रविधिसँग जोडिन निशुल्क तालिम र सूचना प्रविधिको पहुँच बढाउन निशुल्क वाइफाई जोनको व्यवस्था गर्ने,’ प्रतिवद्धतापत्रमा भनिएको छ, ‘उच्च सवारी चाप हुने क्षेत्रमा अनिवार्य ओभरहेड पुल निर्माण, मुख्य सडकमा सम्भाव्यता अध्ययन गरी फ्लाइओभर वा अन्डरपास बनाउने ।’

युवालाई सीप तथा दक्षता अभिवृद्धि तालिममार्फत स्वदेशमै क्षमताअनुसारको रोजगारी सुनिश्चितता गर्ने प्रतिबद्धता पनि सिंहले जनाएका छन् । उनले निर्वाचन क्षेत्रलाई शून्य फोहोरमैला उत्सर्जन क्षेत्र बनाउन आवश्यक पहल गर्ने समेत उल्लेख गरेका छन् ।

‘सरकारबाट प्राप्त हुने निःशुल्क औषती प्राप्त हुने स्थानबारे आमजनतालाई सुसूचित गर्ने र त्यस्ता औषधी निशुल्क उपलब्ध गराउने,’ प्रतिबद्धतापत्रमा भनिएको छ, ‘स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने ।’

प्रतिबद्धतापत्रमा उनले स्वच्छ पिउने पानी उपलब्ध गराउन हरसम्भव प्रयत्न गर्ने, मेलम्चीको पुरक स्रोत खोजी गर्ने, २१औं शताब्दी युग सुहाउँदो सुरक्षित मार्ग, सीसीटीभी क्यामेरा जडित टोल, सडक निर्माण गर्ने, बागमती, रुद्रमती र इच्छुमती स्वच्छ र सफा राख्ने, बागमती करिडोरमा हरियाली पार्क निर्माण गर्ने लगायतका वाचा पनि गरेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस