×
Lagani
Lagani Shiksha gif
निर्वाचन आयोगको कारण नयाँ स्टक र ब्रोकर लाईसेन्सको प्रक्रिया रोकिन सक्ने , यस्तो छ कारण।



निर्वाचन आयोगले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाईसेन्स, कमोडिटी बजारको लाइसेन्स र लघुबीमा कम्पनीहरुको नयाँ लाईसेन्स खुलाएकोमा सम्बन्धित निकायसंग स्पष्टिकरण माग गरेको छ ।

आयोगले निर्वाचन आचारसंहिता लागिसकेपछि नयाँ लाईसेन्सको आवेदन माग भएको भन्दै स्पष्टिकरण माग गरेको हो । आयोगले शनिबार नेपाल धितोपत्र बोेर्ड, बीमा समिति र अर्थमन्त्रालयलाई एक पत्र लेख्दै आचार संहिता लागेको समयमा खुलेको लाईसेन्स प्रक्रियालाई किन नरोक्ने भनि स्पष्टिकरण माग गरिएको हो ।

Lagani Shiksha gif

आयोगले ति निकायहरुलाई तिन दिनभित्र स्पष्टिकरण पेस गर्न निर्देशन दिएको हो । निर्वाचन आचारसंहिता सुरु भइसकेपछि नियमविपरित लाईसेन्स प्रक्रिया खोलिएको भन्दै यसलाई रोक्न केही दिनअघि निर्वाचन आयोगमा उजुरी परेको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस