×
Lagani
Lagani Shiksha gif
साधना लघुवित्तको नाफा ८८ दशमलव ३९ प्रतिशत, प्रतिसेयर आम्दानी पनि बढ्यो



साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरणअनुसार संस्थाको नाफामा उल्लेख्य वृद्धि भएको छ ।

उक्त विवरणअनुसार  समीक्षा अवधिसम्म आइपुग्दा संस्थाले  तीन करोड २९ लाख आठ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको सोहीअवधिको तुलनामा ८८ दशमलव ३९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले एक करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

Lagani Shiksha gif
sharehubapk साधना लघुवित्तको नाफा ८८ दशमलव ३९ प्रतिशत, प्रतिसेयर आम्दानी पनि बढ्यो

समीक्षा अवधिमा लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । प्रतिसेयर आम्दानी ३२ रुपैयाँ आठ पैसाबाट १९ रुपैयाँ १४ पैसा बढेर ५१ रुपैयाँ २२ पैसा पुगेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३५ दशमलव ८५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ १० पैसा छ।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि १३० दशमलव ७२ प्रतिशतले बढेर सात करोड २१ लाख रुपैयाँ पुगेको छ । समीक्षाअवधिमा संस्थाको अन्य सञ्चालन आम्दानी भने १८ दशमलव ६७ प्रतिशतले बढेको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ५८९ दशमलव २७ प्रतिशतले बढेर चार करोड ५३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ७१ लाख ५८ हजार रूपैयाँमा सीमित थियो । लघुवित्तको चुक्ता पुँजी २५ करोड ६९ लाख रुपैयाँ र जगेडा कोषमा १६ करोड २१ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस