×
Lagani
Lagani Shiksha gif
एनआईसी एसिया लघुवित्तको नाफा १६ करोड २६ लाख, प्रतिसेयर आम्दानी कति ?



एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरणअनुसार सो अवधिमा लघुवित्तले खुद नाफामा उल्लेख्य वृद्धि गरेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १६ करोड २६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५० दशमलव ५१ प्रतिशत बढी हो ।

Lagani Shiksha gif
sharehubapk एनआईसी एसिया लघुवित्तको नाफा १६ करोड २६ लाख, प्रतिसेयर आम्दानी कति ?

लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिसम्ममा छ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५५ पैसाबाट १९ रुपैयाँ ८६ पैसा बढेर ३७ रुपैयाँ ४१ पैसा पुगेको छ । असोज मसान्तसम्ममा प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४१ पैसा रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०३ दशमलव १० प्रतिशत बढेको छ भने चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि १५० दशमलव ५१ प्रतिशतले बढेर ४८ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १९ करोड ३३ लाख रूपैयाँमा सीमित रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि १०३ दशमलव १० प्रतिशतले बढेर ३५ करोड ११ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १७ दशमलव ५३ प्रतिशत बढेको छ भने जगेडा कोष १६६ दशमलव ०६ प्रतिशत बढेको छ। लघुवित्तको निक्षेप २२६ दशमलव ०९ प्रतिशत बढेको छ भने कर्जा १८६ दशमलव २८ प्रतिशत बढेको छ।  समीक्षाअवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) ३० दशमलव २ गुणा रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस