×
Lagani
Lagani Shiksha gif
आईपीओ निष्कासन गर्दै बरुण इन्भेष्टमेन्ट, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल।



बरुण इन्भेष्टमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

नियुक्तिसम्बन्धी सम्झौतामा बरुण इन्भेष्टमेन्टका तर्फबाट अध्यक्ष शिवप्रसाद घिमिरे र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका छन् । बरुणले कम्पनीका कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि कूल १५ लाख साधारण सेयर निष्कासन गर्न लागेको हो

Lagani Shiksha gif
sharehubapk आईपीओ निष्कासन गर्दै बरुण इन्भेष्टमेन्ट, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल।

ऊर्जा क्षेत्रमा लगानी गर्ने बरुण इन्भेष्टमेन्टको ६० करोडको अधिकृत पुँजी र ५५ करोडको जारी पुँजी रहेको छ । संस्थापक समूहको ७७ प्रतिशत सेयर रहेको यस कम्पनीमा १७ संस्थापक सेयरधनीबाट ४० करोडको शेयर पुँजी भुक्तानी भइसकेको छ । २०७७ सालमा सार्वजनिक कम्पनीको रुपमा स्थापना भएको यस कम्पनीको ललितपुर जिल्लाको बानीमण्डल–४ मा दर्ता कार्यालय रहेको छ ।

कम्पनीको मुख्य लगानीकर्ता एसजी ग्रुप हो । बझाङमा रहेको १५.३३ मेगावाटको कलंगा हाइड्रो लिमिटेड, ३८.४७ मेगावाटको सानिगड हाइड्रो र १०.७० मेगावाटको बुङ्गल हाइड्रोले जम्मा ६४ दशमलव ४९ मेगावाट विद्युत उत्पादन गर्ने ३ जलविद्युत कम्पनीमा मुख्य लगानीकर्ता रहेको बरुण इन्भेष्टमेन्टले जनाएको  छ ।

संस्थापक समूहको ७७५ सेयर रहेको यस कम्पनीमा १७ जना संस्थापक शेयरधनीहरुबाट ४० करोड बराबरको सेयर पुँजी चुक्ता भइसकेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस