×
Lagani
Lagani Shiksha gif
धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट मिति सार्बजनिक।



धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ  बाँडफाँट मंगलबार हुने तय भएको छ ।

विक्री प्रबन्धक सनराइज क्यापिटलले आईपीओ  मंगलवार क्यापिटलको कार्यालय कमलपोखरीमा बाँडफाँट गर्ने तयारी भएको जनाएको छ । कम्पनीको आईपीओमा मागभन्दा ७० दशमलव २२ गुणा बढी आवेदन परेको हुदा गोलाप्रथाद्वारा बाँडफाँट हुनेछ । अन्तिम दिनसम्म १९ लाख ५२ हजार ४६० जनाले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन लागि आवेदन दिएका छन् ।

कम्पनीले साउन २४ गते देखि २९ गते सम्म ३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल कित्तामध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरीे बाँकी ३ लाख ९ हजार २९५ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको थियो  ।

आईपीओमा आवेदन दिनेहरु मध्य ३० हजार ९ सय २९ जनाले मात्र सेयर प्राप्त गर्ने छन साथै  सेयर पर्नेहरुमध्यबाट १० कित्ताभन्दा बढि आवेदन दिने आवेदकहरु मध्यका ५ जनाले भने ११ कित्ता सेयर हात पार्नेछन् ।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस