×
Lagani
Lagani Shiksha gif
सेन्चुरी बैंकको खुद नाफामा आकर्षक सुधार



सेन्चुरी बैंकको खुद नाफा गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा ११५.६७% ले बढेर १ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा बैंकले ६२ करोड ९३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यसअवधिमा सेन्चुरीको खुद ब्याज आम्दानी ३१.६३% र सञ्चालन नाफा १४२.१२% ले सुधार भएपछि खुद नाफा पनि बढेको देखिन्छ ।

Lagani Shiksha gif

बैंकको वितरण योग्य नाफा भने ९१ करोड १८ लाख ५४ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा सेन्चुरीको रिजर्भ कोष पनि ३०.५०% ले बढेर १ अर्ब ७२ करोड  ८६ लाख रुपैयाँ पुगेको छ ।

खुद नाफामा सुधार भएसँगै यस बैंकको प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ २४ पैसाले बढेर १४ रुपैयाँ २१ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ६४ पैसा छ । सेन्जुरीलाई हाल प्रभु बैंकले एक्वायर गर्ने प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस