×
Lagani
Lagani Shiksha gif
भर्खरै आईपियो निष्कासन गरेको सीवाइसी लघुवित्तको नाफा ५५.०८ प्रतिशतले बढ्यो।



सीवाइसी नेपाल लघुवित्तले ८ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत आर्थिक वर्षको तथ्यांक हो । त्यसअघिल्लो वर्ष यही अवधिमा सीवाइसीले ५ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो । तर, गत आवमा   यो अवधिमा ५५.०८ प्रतिशतले नाफा बढाएको हो ।  यसअवधिमा कम्पनीको सञ्चालन नाफा ६२.११ प्रतिशत र खुद ब्याज आम्दानी ५७.२३ प्रतिशतले बढेको छ ।

Lagani Shiksha gif

असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ६६ रुपैयाँ ०३ पैसा (वार्षिक) रहेको छ । यसको प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ८६ पैसा छ । यसको खराब कर्जा ४.८४ प्रतिशतबाट घटेर १.९५ प्रतिशतमा झरेको छ । सीवाइसीले वैशाखमा ३ करोड ९५ लाख  ३३ हजार ६ सय रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस