नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अगुवाई तथा नबिल बैंकको सहभागीतामा लुम्बिनी प्रदेशको सिद्धार्थनगर नगरपालिकामा १०० शैयाको एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटि हस्पिटल बन्ने भएको छ ।
यसका लागि दुई अर्ब ५४ करोडसम्मको कर्जा सुविधा स्वीकृत गरी बिहीबार सहवित्तीयकरण सम्झौता भएको हो। सो अस्पताल निर्माण गर्न निफ्राले १ अर्ब ५४ करोड रुपैयाँ तथा नबिल बैंक लिमिटेडले १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । कार्यक्रममा हस्पिटलका अध्यक्ष कमल भण्डारीले परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफु उत्साहीत भएको बताए ।
सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, नायब महाप्रबन्धक सूर्यबहादुर तामाङ्ग, नायब महाप्रबन्धक विनयनाथ न्यौपाने र नबिल बैंक लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य, नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेसहित बैंकहरुका कर्मचारीहरु र परियोजनाको तर्फबाट अध्यक्ष कमल भण्डारी लगायत अन्य पदाधिकारीहरुकोे उपस्थिति रहेको थियो।
उक्त हस्पिटलले लुम्बिनी प्रदेशको स्वास्थ सेवामा विशिष्ट्रिकृत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।











