×
Lagani
Lagani Shiksha gif
एउतै ब्रोकरमात्रै खरिद गर्दै नयाँ सुचिकृत कम्पनीको शेयर , चलखेल कि संयोग ?



ब्रोकर नम्बर ५७ आर्थत आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज अहिले विवादमा तानिएको छ।

उपकार लघुवित्तको कुल कारोबारको ९२ प्रतिशत सेयर एउतै ब्रोकरले खरिद गरेको पाहिएको कारण आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज विवादमा आएको हो। सोमबारको कारोबारमा १३० कित्ता सेयरको कारोबार भएकोमा १२० कित्ता सेयर ब्रोकर नम्बर ५७ ले मात्र किनेको छ । त्यसो त पहिले पनि सुचिकृत भएको केहि दिनमा सोहि ब्रोकरले अधिकतम शेयर उठाउने गरेको पाहिएको छ ।

Lagani Shiksha gif
Screenshot 2022 06 06 200255 एउतै ब्रोकरमात्रै खरिद गर्दै नयाँ सुचिकृत कम्पनीको शेयर , चलखेल कि संयोग ?

उपकार लघुवित्तको आजको फ्लोरसिट

हालसालै आईपिओ जारी गरि दोस्रो बजारमा सुचिकृत भएर कारोबारमा आउने कम्पनीको मूल्य अझै बढ्ने देखेर दोस्रो बजारमा डिमाण्ड बढ्ने तर सप्लाई कम हुने गर्दछ। तर केहि दिनमा बढी मूल्य पार्ने दाउमा एउतै ब्रोकरले  सुचिकृत भएको केहि दिनमा कम्पनीको अधिकांस शेयर खरीद गरेको देखिन्छ।  एउतै ब्रोकरले यति धेरै मात्रमा शेयर उठाउनु संयोग मात्र नभएर चलखेल भएको लगानीकर्ताहरु बताउछन।

आज मात्रै उपकार लघुवित्तको ९२ प्रतिसत शेयर सोहि ब्रोकर्ले खरिद गरेको छ।  त्यस्तै बलेफी हाइड्रोपावरको सुचीकृत भएको केहि दिनमा आर्थत मे ३० मा सोहि ब्रोकरले अधिकांस शेयर खरिद गरेको देखिन्छ।  उक्त दिन भएको ८० कित्ताको कारोबारमा ५० कित्ता सोहि ब्रोकरले ख्ह्हरिड गरेको छ ।

Screenshot 2022 06 06 201108 एउतै ब्रोकरमात्रै खरिद गर्दै नयाँ सुचिकृत कम्पनीको शेयर , चलखेल कि संयोग ?

बलेफी हाइड्रोपावरको मे ३० को फ्लोरसिट

त्यसो त् एउतै ब्रोकरले भर्खरै सुचिकृत कम्पनीको शेयर धमाधम खरिद गर्दा शंखा गर्नुपर्ने धेरै कारण रहेको लगानीकर्ताहरु बताउछन।  सम्बन्धित निकाएले यसमा छानबिन गरि कारबाही गर्नु जरुरि छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस