×
Lagani
Lagani Shiksha gif
दर्शकले हालिदिए कबड्डी ४ युट्युबमा।



नायिकासँग भएको रिसको कारण एकजना दर्शकले कबड्डी ४ : द फाइनल म्याच चलचित्र आफ्नो युट्युब च्यानलमा सार्वाजनिक गरेका छन्।

सीएमजी स्टुडियो नामक एक युत्युब च्यानल मार्फत करिब १ घण्टाको चलचित्र सार्बजनिक गरेका हुन्। चलचित्रको करिब आधा भाग सार्बजनिक गरेकोमा कतिपय दर्शकले अर्को भाग नि हाल्नु भनेका छन् भने कतिपयले यस्तो गर्नु गलत हो भनि टिप्पणी गरेका छन्। केहि दिन अघि नायिकाले आफुलाई दुर्व्यवहार गरेको भन्दै एक दर्शकलाई झापड हाने संगै नायिका संग धेरै जना आक्रोशित बनेका हुन्।

Lagani Shiksha gif
sharehubapk दर्शकले हालिदिए कबड्डी ४ युट्युबमा।

कबड्डी ४ : द फाइनल म्याच वा सामान्य रूपमा कबड्डी ४ वि.सं २०७९ जेठ १३ का दिन सार्वजनिक गरिएको एक नेपाली कथानक, हास्यव्यङ्ग्यात्मक चलचित्र हो।  राम बाबु गुरुङको निर्देशनमा निर्माण भएको यस चलचित्रलाई बासुरी फिल्मस्को ब्यानरमा मणिराम पोखरेल, ओमचन्द रौनियार र सुष्मा गुरुङ्गले निर्माण गरेका हुन्। चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर र बुद्धि तामाङको मुख्य कलाकारको मुख्य काम गरेका छन्।

कबड्डी ४ : फाइनल म्याच कबड्डी चलचित्रको घारावाहिक र वि.संं २०७६ मा सार्वजनिक गरिएको कबड्डी कबड्डी कबड्डी २०१९ को घारावाहिक चौथो चलचित्र हो। अभिनेता सौगात मल्लले कबड्डी कबड्डी पछि र अहिले कबड्डी ४ मा बम काजीको भूमिकामा पुन: अभिनय गरेका छन्। दयाहाङ राईले चित्रण गरेको काजीको कथालाई लपेट्दै कबड्डी चलचित्रको यो अन्तिम श्रृङ्खला हो।

कबड्डी ४ ३ करोडको लागतमा बनेको छ र यो सबैभन्दा महँगो नेपाली चलचित्र मध्येको एक हो। कबड्डी ४ ले पहिलो दिन करिब ३.०५ करोडको व्यापार गर्न सफल भएको थियो जुन नेपाली चलचित्रको इतिहासमा यो हालसम्मकै पहिलो दिनमा कमाएको सर्वाधिक रकम हो।

युट्युब च्यानलमा हाल्ने दर्शकलाई साइबर क्राइम अन्तर्गत कारबाही हुन सक्ने विज्ञले जनाएका छन्।

Screenshot 2022 06 04 192601 दर्शकले हालिदिए कबड्डी ४ युट्युबमा।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस