×
Lagani
Lagani Shiksha gif
राजस्व व्यवस्थापन सफ्टवयेरको कोड चोरि सरकारलाई बेच्ने व्यक्ति पक्राउ।



नेपाल प्रहरीले कम्युटर स्रोत सङ्केत चोरी गरी बौद्धिक सम्पत्तिमा आघात पु¥याउने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्युरोले ‘राजस्व व्यवस्थापन’ नामक सफ्टवयेरको सोर्स कोडमा अनधिकृत पहुँच पु¥याइ बौद्धिक सम्पत्तिमा आघात पु¥याई आर्थिक लाभ लिने तनहुँ भीमाद नगरपालिका वडा नं १ किहुँ घर भई ललितपुरको सानेपा बस्ने ३५ वर्षीय सन्तोष सिग्देललाई बुधबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

Lagani Shiksha gif
sharehubapk राजस्व व्यवस्थापन सफ्टवयेरको कोड चोरि सरकारलाई बेच्ने व्यक्ति पक्राउ।

ब्युरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले ललितपुरको सानेपास्थित म्याट्रिक्स सफ्टेक प्रालि सञ्चालन गरी बौद्धिक सम्पत्तिमा आघात पु¥याइ आर्थिक लाभ लिने सिग्देललाई पक्राउ गरिएको जानकारी दिनुभयो । सिग्देलले विभिन्न स्थानीय तहको सफ्टवेयरको बौद्धिक सम्पत्ति चोरी गरेको प्रहरीले जनाएको छ ।

सिग्देललाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा काठमाडौँ जिल्ला अदालतको आदेशले पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता अर्यालले बताउनुभयो ।

285753165 317693937216898 635834826184488557 n राजस्व व्यवस्थापन सफ्टवयेरको कोड चोरि सरकारलाई बेच्ने व्यक्ति पक्राउ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस