×
Lagani
Lagani Shiksha gif
निफ्राले गर्यो नेपाल वेयर हाउजिङमा लागानी , १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने लक्ष्य



नेपाल इन्फ्रास्ट्रक्चर बैंक र नेपाल वेयर हाउजिङ कम्पनी बीच  शेयर लगानी सम्बन्धमा सम्झौता भएको छ।

निफ्रा र नेपाल वेयर हाउजिङबीच बिहीबार सेयर लगानीबारे सम्झौता भएको हो । सम्झौतामा निफ्राका नायब महाप्रवन्धक सूर्यबहादुर तामाङ र नेपाल वेयर हाउजिङका प्रमुख कार्यकारी अधिकृत जयमुकुन्द खनालले हस्ताक्षर गरेका छन्  ।

Lagani Shiksha gif
sharehubapk निफ्राले गर्यो नेपाल वेयर हाउजिङमा लागानी , १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने लक्ष्य

कुल पुँजी ६८ करोड ५० लाख रुपैयाँ रहेको वेयर हाउजिङ कम्पनीको ७.२७ प्रतिशत शेयर निफ्राले खरिद गर्न लागेको हो भने कुल जारी पुँजीमध्ये ८० प्रतिशत अर्थात ५५ करोड रुपैयाँ बराबरको ५५ लाख कित्तासेयर निफ्रासहित विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्ताहरूलाई बिक्री गरेको छ ।

त्यस्तै कम्पनीले बाँकी २० प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर भने सर्वसाधारणलाई आइपीओ मार्फत बिक्री गर्ने लक्ष्य रहेको बताएको छ।

नेपाल वेयरहाउसिङ कम्पनी लिमिटेडले लामो समयसम्म भण्डारण गरिएको खाद्यान्नको गुणस्तर कायम राख्न प्रदेश नं १, प्रदेश नम्बर २ र लुम्बिनीका विभिन्न तीन स्थानमा ५५ हजार मेट्रिक टन क्षमताको उच्च गुणस्तरको साइलो जडान गरी समाधान ल्याएको छ । ५५ हजार मेट्रिक टनको स्थापित क्षमता भएको यस कम्पनीले भण्डारण, लिलामी, बल्क ढुवानी, गोदाम वित्तपोषण, परिमाण तथा गुणस्तरको ग्यारेन्टी, जोखिमको बिमा र बैंक वित्तिय लगायतका विशिष्टीकृत सेवाहरु सहित खाद्यान्न व्यापार व्यवसायमा प्रवेश गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस