×
Lagani
Lagani Shiksha gif
उपकार लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न , यसरि हेर्नुहोस नतिजा।



उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँट भएको छ ।

निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार क्यापिटलको कार्यालय हात्तिसार काठमाडौंमा बाँडफाँट भएको हो । उक्त आईपीओकाे प्रि-अलटमेन्ट वैशाख ६ गते, मंगलबार सम्पन्न भएकाे थियाे ।

Lagani Shiksha gif
sharehubapk उपकार लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न , यसरि हेर्नुहोस नतिजा।

कम्पनीको आईपीयोमा २३ लाख ५१ हजार ४ सय ६२ जना आवेदकले आवेदन दिएका थिए। उक्त आवेदन मध्य २ हजार ४ सय ६ आवेदकको आवेदन रद्ध भएको थियो।  कम्पनीको आईपीयोमा आवेदन दिने योग्य आवेदक मध्य २२ हजार १ सय १५ जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् भने भाग्यमानी ६ जनाले ११ किताको दरले शेयर हात पारेका छन्।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस ओअछु BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

कम्पनीले चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले जारीपूँजी रू. ६ करोड ५६ लाख २५ हजार ३६ प्रतिशतले हुन आउने रू. २ करोड ३६ लाख २५ हजार बराबरको शेयर निष्काशन गरेको हो ।

उक्त संस्थाको शेयर निष्कासन तथा बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेड रहेको छ । आईपीओ बाँडफाँट भए लगतै मेरो शेयरको आईपीओको नतिजा हेर्न बनाएको साइत बाट हेर्न सकिने छ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओलाई डबल बि माइनस रेटिङ दिएको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाँउछ । आईपीओ  जारि गर्न कम्पनीले २०७८ भदौ १३ मा सेबोनमा निवेदन पेस गरेको थियो ।

कम्पनीको केन्द्रीय  कार्यालय बाँके जिल्लाको कोहलपुर- ११ मा रहेको छ ।

Upakar IPO allotment module e1650595748127 उपकार लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न , यसरि हेर्नुहोस नतिजा।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस