×
Lagani
Lagani Shiksha gif
एफपीओ निष्कासन गर्दै युनिक नेपाल लघुवित्त , धितोपत्र बोर्डसँग माग्यो अनुमति।



युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनका लागि अनुमति मागेको छ।

लघुवित्तले गत चैत १७ गते नेपाल धितोपत्र बोर्डसँग एफपीओ निष्कासनका लागि अनुमति माग गर्दै निवेदन दिएको हो । कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको एफपीओ जारी गर्नको लागि अनुमति मागेको हो । बोर्डवाट अनुमति पाएमा कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्नेछ।

Lagani Shiksha gif

एफपीओ निष्कासनका लागि कम्पनीले शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाइ नियुक्त गरेको छ। बाँकेको कोलपुरस्थि न्युरोडमा केन्द्रीय कार्यालय रहेको युनिक नेपाल लघुवित्त र कञ्चनपुरको श्रीपुर बेलौरीस्थित बेलौरीमा केन्द्रीय कार्यालय रहेको घोडीघोडा लघुवित्त मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार सुरु भएको थियो।

युनिक लघुवित्तले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई मर्जर गरेपछि बनेको युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले शेयर संरचना मिलाउनको लागि एफपीओ निष्कासन गर्न लागेको हो । युनिक नेपाल लघुवित्तले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई मर्जर गरी गत पुस ३० गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो ।

घोडीघोडा लघुवित्त सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्त वित्तीय संस्था दोस्रो बजारमा सूचीकृत नभएको कम्पनी भएको कारण   शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्नुपर्ने कानूनी प्रावधान भएकाले कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो ।
आवश्यक प्रक्रिया पुरा गरेर बोर्डबाट अनुमति पाएपछि मात्र कम्पनीले एफपीओ निष्कासन गर्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस