×
Lagani
Lagani Shiksha gif
रिभर फल्स पावरको आईपीओ निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?



रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानीय वासिन्दाहरुका लागि आईपीओ विक्री गर्न लागेको छ ।

कम्पनीले चैत २७ गतेदेखि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले स्थानीयमा जारी पूँजी ७० करोडको १० प्रतिशतले हुन आउने प्रतिशेयर  १ सय रुपैयाँ अंकित दरमा कुल ७ लाख कित्ता आइपीओ विक्री गर्न लागेको हो।

Lagani Shiksha gif
sharehubapk रिभर फल्स पावरको आईपीओ निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?

उक्त शेयर सम्पूर्ण विक्री नभएमा  विक्री नभएको शेयर समेत समायोजन गरी सर्वसाधारणको लागि निष्कासन गर्ने कम्पनीले जानेको छ। उक्त आइपीओमा लगानीकर्ताले छिटोमा बैशाख ११ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा बैशाख २६ गतेसम्म आइपीओमा आवेदन दिन सकिनेछ ।

उक्त आईपीओ खरीदका लागि प्राइम कमर्सियल बैंकका खाँदवारी, तुम्लिङटार, सभापोखरी, प्रभु बैंकको खाँदवारी शाखा, ग्लोबल आइएमई बैंकको खाँदवारी, चैनपुर शाखा, रिभर फल्स पावरको आयोजना कार्यालय, संखुवासभाबाट आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको आयपीओ निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनश रेटिङ्ग प्रदान गरेको छ । आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।

Karobar 1 Apr 2022 page 001 scaled e1648794225742 रिभर फल्स पावरको आईपीओ निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस