×
Lagani
Lagani Shiksha gif
दसैंको १० दिनमा कनेक्ट आइपीएसबाट नौ अर्बभन्दा बढीको कारोबार



नेपाल क्लियरिङ हाउस (एनसीएचल)ले सञ्चालन गर्दै आएको कनेक्ट आइपीएसबाट दसैंको १० दिनमा नौ अर्बभन्दा बढी कारोबार भएको उल्लेख गरेको छ । घटस्थापना अर्थात् २१ देखि ३० असोजसम्ममा उक्त प्रणालीमार्फत नौ दशमलव दुई अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ। उक्त कारोबार पछिल्लो वर्षको दसैंको तुलनामा ३१७ प्रतिशतले वृद्धि भएको हो ।

दसैंको समयमा नगद कारोबार निकै हुने र नेपाली संस्कृतीसँग जोडिएकोले नगद कारोबार चाडपर्वमा उल्लेख्य हुने भएता पनि यसबेला बैंक, वित्तीय संस्थाहरू तथा विभिन्न भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरूको पहलमा चाडपर्वमा समेत विद्युतीय कारोबार निकै बढ्दै गएको देखिन्छ ।

Lagani Shiksha gif
sharehubapk दसैंको १० दिनमा कनेक्ट आइपीएसबाट नौ अर्बभन्दा बढीको कारोबार

कनेक्ट आइपीएसबाट कारोबार गर्न ग्राहकले उक्त प्रणालीको मोबाईल एप वा वेब तथा कुनै पनि बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गबाट रकम ट्रान्स्फर र भुक्तानी गर्न सक्छन् । कनेक्ट आइपीएसको एप र वेबमा आफ्नो खाता एकपटक लिङ्क गर्नु पर्ने हुन्छ भने मोबाईल बैंकिङमार्फत प्रयोग गर्न छुट्टै रजिष्टर बिना सिधैँ गर्न सकिने एनसीएचलले जानकारी दिएको छ ।

मोबाइल बैंकिङ्गमार्फत प्रयोग गर्न छुट्टै रजिष्टर बिना नै गर्न सकिने व्यवस्था रहेको छ । हाल चाडपर्वको समय भएकाले कनेक्ट आइपीएसको मोबाईल एप वा कुनै पनि बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गबाट गरिने रकम ट्रान्स्फरमा लाग्ने कारोबार निःशुल्क गरिएको छ ।  यो २० असोजदेखि २५ कात्तिकसम्म पूर्ण रुपमा निःशुल्क गरिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस