×
Lagani
Lagani Shiksha gif
आइएमई जनरल इन्सुरेन्स बेष्ट इम्प्लोएर अवार्ड २०२१ बाट सम्मानित



आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई वल्र्ड एचआरडी कंग्रेसले एशिया बेस्ट इम्प्लोइयर ब्रान्ड अवार्ड २०२१ बाट सम्मानित गरेको छ । सो सम्मान कार्यक्रममा जुमको माध्यमबाट सहभागी भई कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उक्त अवार्डबाट सम्मानित गरेकोमा इम्प्लोएर ब्राण्डिङ इन्टिच्यूट तथा वल्ड एचआरडी कंग्रेसप्रति आभार व्यक्त गरे ।कार्यक्रममा सीईओ श्रेष्ठले इम्प्लोई ब्रान्डिङ इन्स्टिच्युट, वल्र्ड एचआरडी कंगे्रसलगायत रणनीतिक साझेदारलाई धन्यवाद व्यक्त गरेको कम्पनीले बताएको छ । उनले आगामी दिनमा आफ्नो सेवालाई डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्दै जाने बताए ।

Lagani Shiksha gif
sharehubapk आइएमई जनरल इन्सुरेन्स बेष्ट इम्प्लोएर अवार्ड २०२१ बाट सम्मानित

श्रेष्ठले सम्मानबाट थप हौसला प्राप्त भएको र आगामी दिनमा सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट सहज सेवा प्रदान गरेर नेपालको निर्जीवन बीमा क्षेत्रमा अग्रणी बीमा कम्पनीको रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस