भोलि नारि दिवसको अवसरमा देश भर सार्वजनिक विदा दिइएको छ।
गृह मन्त्रालयले प्रकासन गरेको सम्वत् २०७८ सालमा दिइने सार्वजनिक बिदाहरु को सुचिमा महिला दिवसपनि रहेको छ। नारीहरुको अन्तर्राष्ट्रिय दिवस्, मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस्, यस दिवसलाई महिला दिवस पनि भन्ने गरिएको छ । अन्तर्राष्ट्रिय महिला दिवस महिला जागरूकताको दिवस पनि हो ।
नेप्सेले पनि भोलि महिला दिवसको अवसरमा सार्बजनिक बिदा भएको कारण शेयर बजार नखुल्ने जनाएको छ।

गृह मन्त्रालयले प्राकासन गरेको बिदाको सुची बाट
नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । राजनितिक तवरबाट शुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानता आदि सवालहरू अन्तराष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् । यो सर्वप्रथम् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो ।
१९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिस्चित गर्ने उद्देश्यको साथ यसलाई अन्तराष्ट्रिय मान्यता प्रदान गरिएको थियो । सन् २०१३ मा आइपुग्दा बिश्वभर १०३ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । यो अहिले मार्च महिना भरी नै मनाइन्छ ।















