×
Lagani
Lagani Shiksha gif
संसद भवन अगाडि शंकास्पद वस्तु भेटियो



संसद भवन अगाडिको मुख्य सडकमा प्रेसर कुकर बम जस्तै देखिने शंकास्पद वस्तु भेटिएको छ ।

शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ भने मुख्य सडक बन्द गरिएको छ । उक्त वस्तु निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोली नयाँ बानेश्वरस्थित आउँन लागेको छ।

Lagani Shiksha gif
sharehubapk संसद भवन अगाडि शंकास्पद वस्तु भेटियो

प्रेसर कुकुर बम जस्तो देखिने युक्त शंकास्पद वस्तुमा अंग्रेजी अक्षरमा नो एमसीसी ( NO MCC ) लेखिएको छ । आज विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलीय मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै  नेपाल बन्दको आह्वान गरेका हुन् ।

लामो तथा छोटो दूरीका सवारी साधन चल्न नसक्दा यात्रु गन्तव्यमा पुग्न पाएका छैनन् । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि मुख्य मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले दलले एमसीसी अनुमोदन गरेको भन्दै खारेजीको माग गर्दै नेपाल बन्द आह्वान गरेका हुन् ।

 

pressure cooker parliament building 1024x683 1 संसद भवन अगाडि शंकास्पद वस्तु भेटियो

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस