×
सानिमा बैंकका ग्राहकहरुले दराजमा २० प्रतिशतसम्म छुट पाउने



सानिमा बैंकले अनलाइन पोर्टल दराज केयमूसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ ।

डेबिट तथा क्रेडिट कार्ड ग्राहकहरुले दराजको दशैं धमाका योजनामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले कार्डवाहकलाई विशेष छुट दिने उद्देश्यले अनलाइन सपिङ्ग दराजसँग सम्झौता गरेको छ । ग्राहकले डेबिट र क्रेडिट कार्डबाट दराज अनलाइनमा असोज १० देखि १८ गतेसम्म सामान  खरिदमा अग्रिम छुट प्राप्त गर्नेछन् ।

कार्डबाहक महानुभावहरुले योजनाबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रि–पेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गरे २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँसम्म छुट पाइनेछ । क्रेडिट कार्ड प्रयोग गर्दा पनि २० प्रतिशत वा अधिकतम २ हजार ५ सय रुपैयाँसम्म छुट रहेको बैंकले बताएको छ ।

यसबाहेक पनि छुट योजनामा ग्राहकले विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय ब्रान्डका सामान खरिद गर्न सक्नेछन् ।

242724206 4118143818295258 7795666936763955189 n सानिमा बैंकका ग्राहकहरुले दराजमा २० प्रतिशतसम्म छुट पाउने

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस