×
Lagani
Lagani Shiksha gif
आज देखि अरुण भ्यालीले ५२ करोडको हकप्रद निष्काशन गर्दै

img src : laganikhabar.com



अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले  आज देखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले एक कित्ता शेयर बराबर नयाँ ०.५ कित्ता शेयर अनुपातमा एक सय रुपैयाँ अंकित दरका ५२ करोड ४१ लाख १९ हजार ७०० रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद जारी गर्न लागको हो ।हकप्रद प्रयोजनका लागि कम्पनीले चैत ९ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा चैत ८ गतेसम्म कायम सेयरधनीहरु मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

Lagani Shiksha gif

हाल १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ५७ करोड २३ लाख ५९ हजार १०० रुपैयाँ पुग्नेछ।यदि तपाइसनग हाल यो कम्पनीको १०० कित्ता शेयर छ भने तपाइले ५० कित्ता शेयर खरिड गर्न सक्नु हुने छ।

हकप्रद शेयर निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। यो हकप्रद शेयर खरिदका लागि बैशाख २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

AHPC Prospectus page 001 scaled आज देखि अरुण भ्यालीले ५२ करोडको हकप्रद निष्काशन गर्दै

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस