×
Nepse Bajar Messenger Channel
प्री ओपनिङ्गमा नेप्से बढे संगै बढ्यो निफ्राको मूल्य , साझ सम्म कति पुग्ला ?



प्री ओपनिङ्गमा नेप्से बढे संगै निफ्राको मूल्य पनि बढेको छ। आज ५६० बाट कारोबार सुरु भएको थियो भने निफ्रा ८ अंक बढेर ५६० पुगेको हो। प्री ओपनिङ्गमा निफ्राको ९०५ कित्ताको शेयर कारोबार भएको छ। प्री ओपनिङ्गमा नेप्से १३ दसमलब २९ अंकले बढेर २५१९ दसमलब ९७ पुगेको छ। आज प्री ओपनिङ्गमा ३२ वटा कम्पनीले सकारात्मक कारोबार गरेका छन्।आज बेलुका सम्ममा मूल्य बढ्यो भने अधिकतम बढेर निफ्राको मूल्य ६०७ हुने छ भने अधिकतम घटेमा ४९७ हुने छ। तर बजारको निफ्राको माग धेरै बढी रहेको हुदा अधिकतम घटने सम्भावना भने कम रहेको छ।

Screenshot 2021 03 07 105354 प्री ओपनिङ्गमा नेप्से बढे संगै बढ्यो निफ्राको मूल्य , साझ सम्म कति पुग्ला ?लगातार घटिरहेको निफ्राको शेयर मूल्य गत साता बढेको थियो। गत साता ५०८ बाट कारोबार सुरु भएको निफ्राको मूल्य बढीमा ५५८ र कम्तिमा ५०८ मा कारोबार भएको थियो भने ५५२ मा अन्तिम कारोबार भएको थियो । ७२६ पुगेर घटेको निफ्राको मूल्य अब बढ्ने क्रममा रहेको केहि जानकार हरुको भनाइ छ। नया लगानीकर्ताहरु आत्तिएर शेयर धमाधम शेयर बेच्न थालेपछि मूल्य घट्दै आएको थियो।

बैंकले माघ २ गते देखि ६ गते सम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर
५० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै बाडफाड गरेको थियो । आबेदन गर्ने सबैलाई ५० कित्तासम्म बाँडफाँड गरी बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ५० कित्ता भन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरकाले बाँडफाँड गरेको हो।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँट पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस