×
Lagani
Lagani Shiksha gif
सामान्य अंकले घट्यो नेप्से , हाइड्राेपावरमा लगानीकर्ताकाे आकर्षण



साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) सेयर बजार सामान्य अंकले घटेको छ ।

आइतबार नेप्से परिसूचक भने ७.७३ अंक घटेको छ। सो अंकले घटेपछि नेप्से २६५३ अंकमा कायम भएको छ । सेन्सेटिभ परिसूचक पनि ०.७३ अंकले घटेर ५०६.८४ विन्दुमा झरेको छ ।आज कुल ७० कम्पनीको मूल्य बढेको छ भने ११७ को घटेको छ । त्यस्तै  ४ कम्पनीको स्थिर रहेको छ ।

Lagani Shiksha gif
sharehubapk सामान्य अंकले घट्यो नेप्से , हाइड्राेपावरमा लगानीकर्ताकाे आकर्षण

यस दिन १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक मात्र बढेका छन्। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक १.०४ प्रतिशत बढेको छ। घटेकाे बजारमा हाइड्राेपावरप्रति लगानीकर्ताहरूकाे आकर्षण बढेकाे देखिएकाे छ ।

आज कूल २२४ वटा कम्पनीकाे ७० लाख ४० हजार ५ सय ६३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९ सय १० रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

आज एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य ५.८८ प्रतिशत बढेको छ। त्यसैगरी नेशनल हाइड्रोपावरको शेयरमूल्य ४.५३ प्रतिशत बढेको छ भने सर्पोट माइक्रोफाइनान्स, युनिभर्सल पावर कम्पनीको शेयर र राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरको मूल्य ३ प्रतिशतभन्दा बढीले  बढेको छ।

हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ४.५८ प्रतिशत घटेको छ भने तेह्रथुम पावर कम्पनीको  ४.०२ प्रतिशत घटेको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत घटेको छ भने बैंकिङ्गको ०.६९ प्रतिशत, व्यापारको ०.२६ प्रतिशत, होटल तथा पर्यटनको ०.०९ प्रतिशत, विकास बैंकको ०.५५ प्रतिशत, वित्तको ०.४७ प्रतिशत, निर्जीवन बीमाको ०.२८ प्रतिशत, माइक्रोफाइनन्सको ०.६१ प्रतिशत, जीवन बीमाको ०.८१ प्रतिशत, म्युचुअल फण्डको ०.३३ प्रतिशत र लगानीको ०.१८ प्रतिशत घटेको छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस