×
Lagani
Lagani Shiksha gif
हिजो एमसीसीलाई राष्ट्रघाती भन्दै प्रदर्शन गर्नेहरु , आज पार्टीले समर्थन गरेपछि प्रदर्शन गर्न छाडे



केही दिनयता प्रदर्शन गर्दै आएका नेता तथा कार्यकर्र्ताहरूले एमसीसीविरुद्धको आन्दोलन गर्न छाडेर प्रदर्शनस्थल नयाँबानेश्वर छाडेका छन् ।

एमसीसी सदनबाट अनुमोदन गराउन नहुने माग राखेर केही दिनयता प्रदर्शन गर्दै आएका नेता कार्यकर्ताहरूले आइतबार नगर्ने भएका छन् । पार्टीले व्याख्यात्मक टिप्पणीसहित एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेपछि कार्यकर्ताहरूले पनि प्रदर्शन नगर्ने भएका हुन् । बानेश्वर क्षेत्रमा अहिले राप्रपा, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितका राजनीतिक दल र संघ संगठन विरोध प्रदर्शनमा उत्रिएका छन् ।

Lagani Shiksha gif
sharehubapk हिजो एमसीसीलाई राष्ट्रघाती भन्दै प्रदर्शन गर्नेहरु , आज पार्टीले समर्थन गरेपछि प्रदर्शन गर्न छाडे

संसदले आज अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्ताव पास गर्ने तयारी गर्दै गर्दा संसद भवनअघि विरोध प्रर्दशनका लागि विभिन्न राजनीतिक दलका कार्यकर्ता तयारी गरिरहेका छन् ।

गठबन्धनमा रहेका पाँच दलले व्याख्यात्मक घोषणसहित प्रस्ताव पास गर्ने सहमति गरे पनि अन्य दलहरू यस प्रस्तावको विरोधमै छन् । तर, तुलनात्मक रुपमा आज बानेश्वरमा प्रदर्शनकारीहरुका उपस्थिति न्यून छ । नयाँ बानेश्वरमा आन्दोलनकारी भन्दा सुरक्षाकर्मी र पत्रकार धेरै देखिन्छन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस