अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि सरकारले पुँजीगत खर्च गर्न सकेको छैन ।
नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनाको विवरणमा हालसम्म सरकारले ५ खर्ब ६ अर्ब ७० करोड रुपैयाँ खर्च गरेको देखाइएको छ ।
२०७८ साउन देखि पुससम्म सरकारले चालु खर्च ४ खर्ब ६ अर्ब ४१ करोड रुपैयाँ, पुँजीगत खर्च ५० अर्ब ८१ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गत ४९ अर्ब ४७ करोड रुपैयाँ खर्च गरेको हो ।
चालु आर्थिक वर्षको सुरुवाती ६ महिनामा सरकारले ५ खर्ब ४२ अर्ब ५ करोड रुपैयाँ राजस्व परिचालन गरेको छ । राष्ट्र बैंकका अनुसार सो अवधिमा कर राजस्व ४ खर्ब ९३ अर्ब ९९ करोड रुपैयाँ र गैर–कर राजस्व ४८ अर्ब ६ करोड रुपैयाँ परिचालन गरिएको हो ।
पछिल्लो ६ महिनामा संघीय सरकारले ट्रेजरी विल मार्फत ६ अर्बको आन्तरिक ऋण परिचालन गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार नेपालले २०७९ कात्तिक देखि पुससम्मको अवधिमा उक्त अन्तर्राष्ट्रिय आर्थिक सहायता पाएको हो । प्राप्त अन्तर्राष्ट्रिय आर्थिक सहायतामा १ अर्ब ४ करोड ६ लाख रुपैयाँ अनुदान र ५३ अर्ब ८७ करोड ३ लाख ६ हजार रुपैयाँ ऋण सहायता रहेको छ ।
नेपालले पछिल्लो तीन महिनामा अनुदान र ऋण गरी कूल ५४ अर्ब ९१ करोड ९ लाख ६ हजार रुपैयाँ अन्तर्राष्ट्रिय आर्थिक सहायता प्राप्त गरेको छ । पछिल्लो तीन महिनामा एसीयाली विकास बैंक (एडीबी)ले ७ अर्ब १७ करोड रुपैयाँ, कोरियाले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएमएफ)ले ४६ अर्ब ७९ करोड ३ हजार रुपैयाँ नेपाललाई उपलब्ध गर्ने सम्झौता नेपाल सरकारसँग गरेका छन् ।
















