×
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकम भने ८ अर्ब माथि



करोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) सेयर बजारमा गिरावट आएको छ ।

आज शेयर बजार १४ अङ्क भन्दा धेरै अङ्कले घटेर समग्र बजार २८७६ विन्दुमा पुगेको छ । कारोबार रकममा भने थप वृद्धि भएको छ । ८ अर्ब ६१ करोड रुपैयाँभन्दा बढी रकमको सेयर किनबेच भएको हो।

कूल २२४ वटा कम्पनीको १ करोड ५७ लाख ८० हजार ७ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १ सय ६२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । बिहीबार कारोबारको पहिलो प्रहरमा नेप्से सूचक दोहोरो अंकले बढेको थियो ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज हाइड्रोपावर र नन् लाईफ इन्स्योरेन्स उपसमूहको सेयर बढेको छ भने बाँकी ११ वटा उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेको छ । २२४ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा ४५ कम्पनीहरूको मात्र शेयर मूल्य बढेको छ भने एक कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।

बिहीबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८२ करोड ७० लाख ३५ हजार ३ सय ३६ रूपैयाँको कारोबार भएको हो ।

यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ३३ प्रतिशत वृद्धि भएको हो । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेकाले लगानीकर्ताको आकर्षण परेको देखिन्छ । यसैगरी, दोस्रोमा अपि पावर र तेस्रोमा शिखर इन्सुरेन्स परेका छन् ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस