NICAD8283 1169.8 86.8 PPL 461 -2.5 DORDI 429 -3.3 USHEC 523 -7 LLBS 1050 5 SJCL 326 -3.7 MEL 292 2 VLUCL 588 -1.9 VLBS 902.5 -7.5 MBLD2085 1085 6.5 SIGS3 9.45 0.09 GMFBS 1512.1 -16.9 ILBS 980 -21.5 EBLD86 1040 -2 PPCL 262 -5.2 PSF 9.51 -0.09 KEF 9 0.28 NICBF 9.3 -0.08 GRDBL 743 5 ULBSL 3199 37 BBC 4255 50 JOSHI 305 -6.8 SHPC 525 -3.9 SHLB 1886.9 1.9 SHINE 473 -1.8 KPCL 493 -0.8 SAGF 9.31 0.01 GCIL 498 -5.8 PFL 652 -1 NIMBPO 176.9 -1.1 RLFL 625 6.9 RHPL 364 -5.2 NICGF2 8.78 -0.02 LSL 253.5 -5.5 NMBMF 695 -10 NICFC 8.97 -0.33 RMF2 9.21 -0.13 PRVU 248 -10 PMHPL 260 -4 JFL 655 6
×
अरुण तेस्रो आयोजना ट्रान्समिसन लाइनको मुआब्जा माग सरोकार समिति गठन



संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो आयोजनाको ट्रान्समिसन लाइनको मुआब्जा माग गर्दै सरोकार समिति गठन भएको छ ।

अरुण तेस्रो जलविद्युत् आयोजनाअन्तर्गत  ४०० केभी प्रसारण लाइनको मुआब्जा माग गर्दै अरुण सरोकार समिति गठन भएको हो । ट्रान्समिसन लाइन संखुवासभाको चिचिला गाउँपालिका दिदिङ पुखुवाबाट सुरु भई डाँडागाँउ, आहाले, छ्याङकुटी हुँदै खाँदबारी नगरपालिकाको सेकाहा, मानेभञ्याङ, माथिल्लो चेवा, पिप्ले रयले बेंशी हुँदै भोजपुरको  षडान्नद नगपालिकाबाट जाने सतलज कम्पनीले जनाएको छ ।

अरुण तेस्रो आयोजनाका लागि संखुवासभामा ४३ वटा ट्रान्समिसन लाइन रहने छन् ।  खाँदबारी नगरपालिका–३ स्थानीयहरुको भेलाले अध्यक्षमा किशोरकुमार गुरुङको अध्यक्षतामा ३९ सदस्यीय ट्रान्समिसन लाइन मुआब्जा सरोकार समिति गठन गरेको छ । ट्रान्समिसन लाइन चिचिला गाउँपालिका १, २ र ३ हँदै  खाँदबारी नगरपालिका ४, ३, २ र १ र ८ नम्बर वडा हुँदै भोजपुर लगिने छ ।

ट्रान्समिसन लाइनले आठवटा वडाभित्रका करिब ५९४ घरधुरीको जग्गा अधिग्रहण गर्नेछ । जग्जाधनीहरुलाई मुआब्जावापत उचित क्षतिपूर्ति दिनुपर्ने भेलाको माग छ ।  अरुण तेस्रोले अहिले ट्रान्समिसन लाइन टावरले करिब ४६ मिटर जग्गा टावरले कभर गर्छ ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको लागि अहिले सडक, ड्याम साइड, पावर हाउस, सुरुङ मार्ग निर्माणको कार्य धमाधम भइरहेको छ । ट्रान्समिसन लाइन संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा, धनुषा हुँदै मोहत्तरी हुदै भारत पुग्ने सतलज कम्पनीले जनाएको  छ ।

संखुवासभा जिल्लाको मकालु गाउँपालिकामा–५ नुमको फ्याक्सीन्दामा ड्याम साइड निमार्ण भइरहेको छ भने पावर हाउस चिचिला गाउँपालिका दिदिङको पुखुवामा  निर्माण भइरहेको छ । अरुण तेस्रो आयोजनाको क्षेत्रभित्र पर्ने घर तथा जग्गा अधिग्रहणका काम सकिएको जानकारी दिइएको छ । संखुवासभा जिल्लामा दुई अर्ब भन्दामाथि रकम मुआब्जा बाँडिसकिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस