KDL 1059 16 MBL 255 -4 SMHL 613.1 -4 TSHL 909 -11 KPCL 493 -0.8 SBLD84 1040 19.3 MNBBL 395.8 -0.8 SAEF 11.22 0.17 EBL 605 5 DOLTI 538 10 EHPL 840 7.9 MHCL 410 -7 MHL 725 3.5 SHLB 1886.9 1.9 NBLD85 1025 0 BHL 440 -13 NMLBBL 769 -11 NYADI 305.4 -6.6 NIBSF2 8.9 0.08 AHL 651 2 LSL 253.5 -5.5 SARBTM 765 -5 VLUCL 588 -1.9 CZBIL 242 -10 PBLD87 1028 -2 NWCL 975 -13.9 UMHL 308 -4 MND84/85 1030 2 NICGF2 8.78 -0.02 KSBBLD87 1093.4 18.4 NABBC 631 -12 BNHC 466.9 0.7 TVCL 461 1 SJCL 326 -3.7 GBLBS 738 -10 MAKAR 500 6 GBBLPO 205 0 SMATA 875 -16 NICGF 10.56 -0.28 SCB 691.1 3.6
×
अस्थिर बन्दै सेयर बजार , के गर्दै छ नियामक निकाय ?



बैंक तथा वित्तीय संस्थामा तरलता अभावसँगै सेयर बजारमा अस्थिर हुन थालेको छ ।

सेयर बजारमा सूचिकृत कम्पनीको वित्तीय विवरणमा कुनै परिवर्तन नभए पनि सेयर बजारमा दिनहुँ तीव्र उतारचढाव देखिन थालेको छ । लगानीकर्ताहरू सूचिकृत कम्पनीको वित्तीय विवरणभन्दा पनि बजार हल्लामा प्रभावित हुँदा बजारमा तीव्र उतारचढाव हुन थालेको विश्लेषकहरू बताउछन् ।

लामो समय घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) अघिल्लो साता मंगलबारदेखि उच्च अंकले बढ्न थाल्यो । नेप्से सूचक २३ सयको लाइनमा झरिसकेको अवस्थामा मंगलबार ५६, बुधबार ९२ र बिहीबार १२ अंकले बढेर गत साता नेप्से सूचक २५२० अंकमा पुगेर बन्द भएको थियो ।

यो साताको पहिलो दिन आइतबार पनि ७१ अंकले बढेको नेप्से दुई दिनमा त्यति नै अंकले घट्यो । नेप्से सोमबार ६९ र मंगरबा २ अंकले घट्यो ।  बुधबार फेरि नेप्से पाँच दशमलव ५१ अंकले वृद्धि भई २५२४ दशमलव ४० अंकमा पुगेर बजार बन्द भएको छ । यसदिन २२८ कम्पनीको ५६ लाख २८ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबार बैंकिङ, हाइड्रोपावर, होटल्स तथा टुरिजम, निर्जीबन बीमा, उत्पादन, लघुवित्तलगायतका समूहगत परिसूचक सकारात्मक देखिएका छन् ।  चालु आर्थिक वर्ष सुरु भएसँगै बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव र व्याजदर वृद्धिले सेयर बजार प्रभावित हुन थालेको छ । सँगसँगै चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा तोकेपछि सेयर बजारमा झनै नकारात्मक प्रभाव पर्‍याे ।

पछिल्लो समय बजारमा प्रभाव पर्ने गरी कुनै नीतिगत परिवर्तन या कम्पनीको वित्तीय विवरणमा असर नपरेपनि सेयर लगानीकर्ताहरू बजार मनोविज्ञानबाट प्रभावित भइरहेको छन् । सेयर बजारसँग प्रत्यक्ष सम्बन्ध नभएका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सेयर बजारप्रतिको टिप्पणीले समेत बजार प्रभावित हुन थालेको देखिन्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस