×
Lagani
Lagani Shiksha gif
एमाले महासचिवको आग्रह : ज्ञानेन्द्र र प्रचण्डबीचको सहमति बाहिर ल्याइदिनुस्



एमाले महासचिव शंकर पोखरेलले सञ्चारकर्मीहरूलाई पूर्वराजा ज्ञानेन्द्र शाह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भनिएको सहमति खोजेर सार्वजनिक गरिदिन आग्रह गरेका छन् ।

शुक्रबार पार्टी केन्द्रीय समितिका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सञ्चारकर्मीहरूलाई यस्तो आग्रह गरेका हुन् । केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह र प्रचण्डबीच २०६० साल मंसिर १८ गते सहमति भएको बताएका थिए ।

Lagani Shiksha gif
sharehubapk एमाले महासचिवको आग्रह : ज्ञानेन्द्र र प्रचण्डबीचको सहमति बाहिर ल्याइदिनुस्

ओलीको उक्त अभिव्यक्तिको पुष्टि गर्ने आधार केही छ भनेर महासचिव पोखरेललाई सञ्चारकर्मीले गरेको प्रश्नमा उनले भने, ‘हामी पुराना कुरा बिर्सन्छौ । माघ १९ को घटना पछाडि माओवादीका तर्फबाट आधिकारिक रुपमा सार्वजनिक गरिएको वक्तव्यले नै त्यो कुरालाई संकेत गरेको छ, त्यो हामीले बताइरहनुपर्ने विषय होइन’, पोखरेलको भनाइ छ । उनले माघ १९ पछि माओवादका तर्फबाट आधिकारिक रुपमा संंप्रेशित वक्तव्य र उहाँहरुले गरेका अनुभूति बाटै त्यसबारे अनुमान लगाउन सकिने बताए ।

‘त्यसमाथि बाबुराम र प्रचण्डका बीचमा भएको अन्तरकलहमा उहाँहरुले सार्वजनिक गरेका विचारहरूले पनि सबै कुरा बाहिर ल्याएको छ’, पोखरेलको भनाइ छ । साथै उनले यो विषय सञ्चारकर्मीहरुले खोजेर बाहिर ल्याउन आग्रह समेत गरे ।

‘यो विषय त म के ठान्छु भने तपाइहरुजत्तिको अनुसन्धान गर्ने, स्रोतमा पहुँच राख्ने साथीहरुले बाहिर ल्याइदिनुभयो भने हामीलाई सजिलो हुन्छ, किनकि राजनीतिक दलभित्र एकले अर्कालाई भनिरहने भन्दा आधार हामीले प्रदान गरेका छौ, पुस्ट्याई गर्दिने कुरा तपाइँहरुको पनि हो भन्ने लाग्छ, किनकि त्यो गलत कुरा होइन’, महासचिव पोखरेलको आग्रह छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस