×
Lagani
Lagani Shiksha gif
मन्त्रिपरिषद्को बैठकले गर्यो यी तीन निर्णय



मन्त्रिपरिषद्को बैठकले विभिन्न तीन निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को म्याद २०८३ असार मसान्तसम्म थप गर्ने निर्णय गरको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।

Lagani Shiksha gif
sharehubapk मन्त्रिपरिषद्को बैठकले गर्यो यी तीन निर्णय

त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ भने रमेश कुमार धिताल, सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस