×
Lagani
Lagani Shiksha gif
रवि लामिछानेले बोलाएको सर्बदलीय बैठकमा शिर्ष नेताहरु सहभागी नहुने



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठकमा प्रमुख दलका शिर्ष नेता नजाने भएका हुन् ।

सर्बदलीय बैठक संसदमा प्रतिनिधित्व गर्ने दलका सभापतिसहित दुई जनालाई सहभागी हुन निमन्त्रणा गरिएकोमा दलहरुका शिर्ष नेता नजाने भएका हुन् । नेपाली काँग्रेसका सभापति गगन थापा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ लगायत अनुपस्थित हुने भएका छन् ।

Lagani Shiksha gif
sharehubapk रवि लामिछानेले बोलाएको सर्बदलीय बैठकमा शिर्ष नेताहरु सहभागी नहुने

काँग्रेसबाट सभापति थापाको सट्टा संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सहभागिता जनाउने बताइएको छ । त्यस्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड समेत बैठकमा सहभागी नहुने बुझिएको छ । एमालेको तर्फबाट प्रमुख सचेतक ऐन महर सहभागी हुदैछन् ।

नेकपा संयोजक प्रचण्ड भने अस्वस्थ भएका कारण बैठकमा सहभागी नहुने भएको उनको सचिवालयले जानकारी दिएको छ । प्रचण्ड अस्वस्थ भएपछि सहसंयोजक माधव नेपाल र नेता बर्षामान पुन बैठकमा सहभागी हुने बताइएको छ । त्यस्तै श्रम संस्कृति पार्टीले भने सहभागिता नजनाउने बताइएको छ ।

बैठक केहीबेरमा सिंहदरबारमा शुरु हुदैछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस