×
Nepse Bajar Messenger Channel
मोर्डन पब्लिक स्कुल को एसइईमा ऐतिहासिक सफलता



सिद्धार्थनगर । रूपन्देहीको सिद्धार्थनगरमा रहेको मोर्डन पब्लिक स्कुल ले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयले नगरपालिकाभित्र उत्कृष्ट नतिजा ल्याउँदै आफ्नो ३० वर्षे इतिहासमै नयाँ कीर्तिमान बनाएको हो।

 

ब्राइट स्टार इङ्ग्लिस बोर्डिङ सेकेन्डरी स्कुल र सिद्धार्थ एकेडेमी को सहकार्यमा शनिबार आयोजित सम्मान कार्यक्रममा विद्यालयले आफ्नो उपलब्धिबारे जानकारी दिँदै विद्यार्थीहरूको सफलतालाई उत्सवका रूपमा मनाएको थियो। 

 

मोर्डन पब्लिक स्कुलका सबै १७ विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका छन्। तीमध्ये १५ जनाले ए+ ल्याएका छन् भने एक विद्यार्थीले पूर्ण ४.० जिपिए प्राप्त गरेको विद्यालयले जनाएको छ। विद्यालयका अनुसार कुनै पनि विद्यार्थीको नतिजा एभन्दा तल छैन।

 

विद्यालयका प्राचार्य अमित यादव ले विद्यार्थी, शिक्षक र अभिभावकको संयुक्त मेहनतकै परिणामस्वरूप यस्तो सफलता सम्भव भएको बताए।

 

कार्यक्रममा उपस्थित अभिभावक तथा शिक्षाकर्मीहरूले विद्यालयको उपलब्धिले सिद्धार्थनगरको शैक्षिक क्षेत्रमा सकारात्मक ऊर्जा थपिएको प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस