×
भ्रष्टचार, कुशाषन र मनपरीतन्त्रले सिमा नाघेपछि विस्फोट: कमल थापा



काठमाडौं, ३ असोज । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचार ,कुशासन र मनपरितन्त्रले सिमा नाघेपछी आन्दोलन मार्फत विस्फोट भएको बताएका छन् ।

 

आज पार्टी आबद्ध किसान संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले भ्रष्टाचार विरुद्ध तत्काल प्रभाबकारी कदम नचाले अर्को आधिबेहरी आउने उनको दाबी थियो ।  उनले यो संविधानको विपक्षमा आफुहरुले मतदान गरेको स्मरण गर्दै 

 यो संविधान अझै सर्वस्वीकार्य र सबै नेपालीको साझा संविधान बन्न नसकेको टिप्पणी गरे ।

 

१० वर्षको राजनीतिक अभ्यास र अनुभवबाट पाठ सिकेर सबै नेपाली शक्ति र विचार अटाउने राजनीतिक प्रणाली निर्माण गर्न आबश्यक भएको भन्दै थापाले भ्रष्टाचार र कुशासनको अन्त्यको निम्ति हालै भएको जेन्जी आन्दोलनले परिवर्तनको ढोका खोलेको समेत बताए ।तर, परिवर्तन विरोधी तत्वहरूले आन्दोलनको भावनालाई अपहरण गरेर यथास्थितिलाई निरन्तरता दिने षडयन्त्र गरिरहेकोमा उनको आपत्ती थियो ।

 

आन्दोलनमा ७४ जनाको दु:खद निधन र खर्बौको सार्वजनिक र निजी सम्पत्ति नष्ट भएको  केवल एकथान सरकार परिवर्तनको निम्ति मात्र नभएको थापाको जिकिर छ ।

 

विद्यमान व्यवस्थामा आमुल सुधार चाहने नेपाली जनताको भावनालाई दबाउने दुस्साहस कसैबाट पनि हुन नहुने भन्दै उनले 

बहुसंख्यक नेपाली जनताको चहानालाई सम्मान गर्दै प्रदेश संरचनाको खारेजी तथा हिन्दुअधिराज्यको पुनःस्थापना गर्न अब ढिलो गर्नु नहुनेमा समेत उनले जोड दिए ।

 

कार्यक्रममा नेताहरु डा. बिष्णु भण्डारी , भाष्कर भद्रा , डम्बर शिवाकोटी लगायतले बोलेका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस